अरुण जलविद्युत् आयोजना चाँडो निर्माण गरेर मुलुकले फाइदा लिनुपर्छ : ऊर्जामन्त्री


अरुण जलविद्युत् आयोजना चाँडो निर्माण गरेर मुलुकले फाइदा लिनुपर्छ : ऊर्जामन्त्री

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण नदीमा बन्ने जलविद्युत् आयोजना चाँडो निर्माण गरी फाइदा लिनुपर्ने बताएका छन्।अरुण नदीमा निर्माण हुने माथिल्लो अरुण र अरुण चौथो जलविद्युत् आयोजनाबारे सोमबार मन्त्रालयमा आयोजित छलफलका क्रममा मन्त्री खड्काले लामो समय जलविद्युत् आयोजना नबन्दा राज्यले ठूलो क्षति बेहोर्नुपरेको उल्लेख गर्दै माथिल्लो अरुण, अरुण चौथो लगायतका आयोजनालाई समयमै सम्पन्न गरेर मुलुकले अत्यधिक फाइदा लिनुपर्ने बताएका हुन्। काम गर्ने सिलसिलामा समस्या आउने भन्दै यसलाई समाधान गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो।

Read More