मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम दुई खर्ब ८४ अर्ब धेरै


मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम दुई खर्ब ८४ अर्ब धेरै

चालु आर्थिक वर्ष २०८१/८२ को सात महिना (साउनदेखि माघ)सम्म  मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम दुई खर्ब ८४ अर्बले धेरै भएको छ।

२०८०/८१ को सात महिनामा मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम दुई खर्ब ९७ अर्बले धेरै थियो। 

मुलुकले गर्ने आम्दानी, विदेशी सहायता, प्रत्यक्ष वैदेशिक लगानी लगायत सबै गरेर बाहिरिने रकमभन्दा भित्रिने रकम धेरै भएको हो। यसलाई भुक्तानी सन्तुलन अथवा शोधानान्तर बचत समेत भनिन्छ। 

आर्थिक वर्ष २०७८/७९ को असोजदेखि मुलुक भुक्तानी सन्तुलनमा देखिन थालेको हो। 

Read More