अरुण प्रवेशमार्ग मुआब्जाः रोकिएको मुआब्जा वितरण पुन सुचारु


अरुण प्रवेशमार्ग मुआब्जाः रोकिएको मुआब्जा वितरण पुन सुचारु

संखुवासभा । संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको प्रवेश मार्गको छुट मुआब्जा वितरण पुनः सुचारु भएको छ । जिल्ला प्रशासन कार्यालयको धरौटी खातामा रकम नआएपछि एक साता अघि अरुण तेस्रो प्रवेश मार्गको छुट मुआब्जा वितरण रोकिएको थियो । प्रवेश मार्गको मुआब्जा वितरणका लागि सतलज जलविद्युत् निगमले जिल्ला प्रशासन कार्यालयको धरौटी खातामा रकम जम्मा गरेपछि पुनः मुआब्जा वितरण सुरु भएको हो ।

अरुण तेस्रो आयोजनाको विकासकर्ता कम्पनी सतलज जलविद्युत् निगम (एसएपिडिसी) ले छुट मुआब्जा बापतको ५३ करोड रुपैयाँ जिल्ला प्रशासन कार्यालयको धरौटी खातामा रकम जम्मा गरेपछि पुनः मुआब्जा वितरण सुरु भएको संखुवासभाका साहयक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले जानकारी दिए । छुट मुआब्जा बापतको बाँकी रकम जिल्ला प्रशासन कार्यालयको खाताको जम्मा भएपछि रोकिएको मुआब्जा वितरण पुनः सुचारु भएको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

Read More