शिवशिखर बहुउद्देश्यीय सहकारी अनियमितता, धितो लिलाम गर्दै बैङ्क


शिवशिखर बहुउद्देश्यीय सहकारी अनियमितता, धितो लिलाम गर्दै बैङ्क

भक्तपुर, फागुन २७ गते । भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको विभिन्न जिल्लामा रहेको चलअचल सम्पत्ति लिलामी प्रक्रिया अघि बढ्ने भएको छ । नेपाल एसबिआई बैङ्कले सूचना प्रकाशित गरी जग्गासहित चलअचल सम्पत्ति लिलामी प्रक्रिया अघि बढाएपछि बचतकर्ता झस्किएका छन् । 

भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष र मोरङको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष केदारनाथ शर्मा र उनकी पत्नी गीता शर्माले सहकारीको शाखा विस्तार गरी बचत दुरुपयोग गरेपछि जेल चलान भएका छन् । सहकारीका सञ्चालक जेलमा रहँदा बैङ्कले फागुन २१ गते लिलामीको सूचना जारी गरेपछि बचतकर्ताको बचत फिर्ताबारे संशय पैदा भएको हो । 

Read More