फागुन २७ गते मङ्गलबार, फाल्गुन शुक्लपक्ष द्वादशी तिथि
मेष
मनोरञ्जनात्मक क्षेत्रमा खर्च बढ्न सक्छ। स्वास्थ्यप्रति सचेत रहनुपर्छ।
वृष
साथीभाई तथा आफन्तको सहयोग प्राप्त हुनेछ। समाजबाट सम्मान प्राप्त हुनेछ।
मिथुन
काम तथा व्यवसायको क्षेत्र मध्यम रहनेछ। अनावश्यक विवादबाट टाढा रहँदा राम्रो हुन्छ।
कर्कट
व्यापार तथा रोजगारीको क्षेत्रबाट लाभ मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ ।
सिंह
धनको कारोबारमा सतर्क रहनुपर्छ । खर्चको मात्रा बढ्न सक्छ ।
कन्या
लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा प्रशंसा हुनेछ।
तुला
बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । व्यापार फस्टाउने छ । रोकिएको काम बन्नेछ ।
वृश्चिक
व्यवसायिक काममा उचित समय दिन सकिंदैन । साझेदारी र सट्टापट्टामा नोक्सान हुने भएकाले सतर्क रहनु पर्छ ।
धनु
अनावश्यक यात्रा तथा विवाद हुन सक्छ। काम गर्ने उत्साहका कमी हुन सक्ने समय छ।
मकर
काम गर्ने जाँगर चल्नेछ। उत्साहवर्धक समय छ, आम्दानी बढ्न सक्छ ।
कुम्भ
मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ ।
मीन
बौद्धिक तथा सामाजिक कामको क्षेत्रको काम तथा व्यवसायबाट उपलब्धि प्राप्त हुन सक्छ।


