२६ फागुन, काठमाडौं । संघीय संसद्बाट स्वीकृत भएका पाँच वटा अध्यादेशसम्बन्धी प्रतिस्थापन विधेयक आगामी बुधबार (२८ फागुन) बस्ने प्रतिनिधिसभाको कार्यसूचीमा राखिएको छ ।
सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बुधबारको बैठकमा स्वीकृत भएका अध्यादेश बमोजिमका प्रतिस्थापन विधेयकहरूको प्रक्रिया अघि बढाइनेछ ।


