वाणिज्य बैंकहरू सेयरधितो कर्जामा आक्रामक बनेका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघ महिनासम्म वाणिज्य बैंकहरूले कुल २ खर्ब ३२ अर्ब ९९ करोड ५० लाख रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.८४ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको सोही अवधिसम्म वाणिज्य बैंकहरूबाट ६६ अर्ब ५९ लाख ४३ हजार रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेका थिए


