काठमाडौं : चीनको केन्द्रीय बैंकले फेब्रुअरीमा लगातार चौथो महिना पनि बहुमूल्य धातु सुनको खरिद गरेको छ । चीनको सुनको भण्डार जनवरीको अन्त्यमा ७ करोड ३४ लाख ५० हजार औंसबाट बढेर फेब्रुअरीको अन्त्यमा ७ करोड ३६ लाख १० हजार औंस पुगेको रोयटर्सले उल्लेख गरेको छ ।
गत महिनाको अन्त्यमा चीनको रिजर्भमा रहेको सुनको मूल्य २ खर्ब ८ अर्ब ६४ करोड डलर पुगेको त्यहाँको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाको तथ्यांकले देखाएको छ । जनवरीको अन्त्यमा भने रिजर्भमा रहेको सुनको भ्याल्यू २ खर्ब ६ अर्ब ५३ करोड डलर रहेको थियो ।


