वैदेशिक रोजगारीले धानेको सामाजिक सुरक्षा कोष


वैदेशिक रोजगारीले धानेको सामाजिक सुरक्षा कोष

काठमाडौं  : वैदेशिक रोजगारीमा गएकालाई सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समेट्न थालेको करिब दुई वर्ष भयो । यसबीच वैदेशिक रोजगारमा गएका १४ लाख ९९ हजार २ सय ५८ जना कोषमा आबद्ध भएका छन् । जुन, ७२.५३ प्रतिशत हो । यसले के स्पष्ट गर्छ भने सुरक्षा कोष वैदेशिक रोजगारीले धानेको छ । 

हाल सूचीकृत संस्थादेखि स्वरोजगार गरी कोषमा २० लाख ६७ हजार १८ जना योगदानकर्ता सूचीकृत छन् । सामाजिक सुरक्षा कोषको तथ्यांकअनुसार योजना सुरु भएदेखि २०८१ फागुन २५ गतेसम्म वैदेशिक रोजगारमा जानेहरू टन्नै सूचीकृत भएका छन । २०७९ चैत्र ८ गतेदेखि वैदेशिक रोजगारी तथा विदेशमा स्वरोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा अनिवार्य सहभागी गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको थियो ।

Read More