फागुन २६ गते सोमबार, फाल्गुन शुक्लपक्ष एकादशी तिथि
मेष
नयाँ कामको थालनी नगरेको राम्रो। व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ।
वृष
मानसम्मान प्राप्त हुनेछ। सामाजिक, धार्मिक, वैदेशिक र व्यापारिक क्षेत्र यथास्थितिमा रहन सक्छ।
मिथुन
वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट फाइदा मिल्नेछ। पारिवारिक क्षेत्रमा मेलमिलापको योग रहेको छ।
कर्कट
दीर्घकालीन काममा हात हाल्दा सफलता मिल्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ।
सिंह
शत्रु नाश हुनेछ। आफ्नो क्षेत्रमा गरिएको कामबाट नाम, दाम, सम्मान मिल्नेछ।
कन्या
भविष्यबारे गरिने निर्णयले सुख दिनेछ। श्रम लगानीबाट राम्रो नतिजा मिल्नेछ।
तुला
आज सबै क्षेत्र सामान्य छ। वैदेशिक क्षेत्रमा भने साथीभाइको सहयोग मिल्नेछ।
वृश्चिक
मानसिक तनाव हुन सक्छ। काम गर्ने उत्साहका कमी हुन सक्ने समय छ।
धनु
दिन राम्रो छ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। आयआर्जन बढ्नेछ।
मकर
साझेदारी कामबाट फाइदा मिल्नेछ। स्वदेशमै मेहनत गर्दा लाभ प्राप्त हुने योग रहेको छ।
कुम्भ
खर्च बढ्नेछ। वैदेशिक क्षेत्रमा नाम, दाम, सम्मान पाइने छ।
मीन
लगानीबाट उल्लेखनीय नतिजा मिल्नेछ। व्यापार व्यवसायमा उन्नती हुनेछ।


