रामेछापमा ३५ सहकारी सम्पर्कविहीन, ३५ लाख सरकारी अनुदान गायब


रामेछापमा ३५ सहकारी सम्पर्कविहीन, ३५ लाख सरकारी अनुदान गायब

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा तत्कालीन सरकारले सञ्चालन गरेको ‘गाउँ–गाउँमा सहकारी, घर घरमा भकारी’ अभियानको समयमा सरकारी अनुदान लिन खोलिएका रामेछाप नगरपालिकाका ३५ वटा सहकारी संस्था अहिले सम्पर्कविहीन भएका छन् ।  

तत्कालीन सरकारले तत्कालीन एउटा गाविसको एउटा सहकारी संस्थालाई १ लाख रुपैँया अनुदान सहयोग दिने निर्णय गरेको थियो । त्यही सरकारी अनुदान लिन बनेका सहकारी अहिले सम्पर्क विहीन छन् । हाल ती सहकारी संस्थाका सञ्चालकहरू सम्पर्कमा नै नरहेका रामेछाप नगरपालिकाले जनाएको छ ।  

Read More