म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण हुने ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजना निर्माणको काम शुरू भएको छ । आईएमई समूहको हाइड्रो सपोर्ट प्रालि प्रर्वद्धक रहेको आयोजना निर्माण स्थलमा परिचालित भएको सिभिल ठेकेदार रुसुवा मल्टि जेभीले प्रारम्भिक चरणको पूर्वाधार निर्माणको काम थालेको हो ।
अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा ६ मिटर अग्लो बाँध बनाएर कालीगण्डकीलाई थुनेर ४.८ किलोमिटर लामो शुरूङबाट ल्याउने पानी अन्नपूर्ण–२ नौनीबगरमा निर्माण हुने विद्युतगृहमा खसालेर विद्युत उत्पादन गर्ने लक्ष्य छ ।


