काठमाडौँ — अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गरेसँगै विश्व व्यापार शृंखला नै तनावग्रस्त बनेको छ । आर्थिक उदारीकरण, खुला बजार अर्थतन्त्र र विश्व व्यापार संगठन (डब्लूटीओ) को अवधारणाविपरीत ट्रम्पले विदेशी वस्तुमा चर्को आयात कर लगाइरहेका छन् । प्रतिक्रियास्वरूप अन्य मुलुकले पनि अमेरिकी उत्पादनमा कर बढाउन थालेका छन् । यसले व्यापार मात्र होइन, अहिले अभ्यासमा रहेको आर्थिक मोडल नै भताभुंग हुने संघारमा पुगेको विज्ञहरूको विश्लेषण छ ।

