काठमाडौं । नेपालको आर्थिक पत्रकारितामा लामो समयदेखि योगदान पुर्याएको भन्दै आर्थिक न्यूजका अध्यक्ष ईन्द्र बानिया र अभियान दैनिकका प्रधान सम्पादक मदन लम्साल सम्मानित भएका छन्।
इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आफ्नो तेस्रो वार्षिक साधारणसभाको अवसरमा उनीहरूलाई सम्मान प्रदान गरेको हो। सम्मानपत्रमा उल्लेख छ, "मुलुकको अर्थतन्त्रमा देखिएका समस्याहरू उजागर गर्दै सुधारका लागि मार्गदर्शन गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्याएकोमा उच्च कदर गरिन्छ। आर्थिक पत्रकारिताको गरिमा अभिवृद्धि गर्न तपाईं र तपाईंले नेतृत्व गर्नुभएको संस्थाको योगदानलाई सम्मान गर्दछौं।"
यसै अवसरमा इमानको नयाँ कार्यसमिति पनि निर्विरोध चयन भएको छ, जसमा रोयल आचार्यको नेतृत्व दोहोरिएको छ।
नेपालको आर्थिक पत्रकारिता क्षेत्र विकासशील अवस्थामा रहेकाले अनुभवी सञ्चारकर्मीहरूको भूमिका झन् महत्वपूर्ण बन्दै गएको छ। आर्थिक विषयको सूक्ष्म विश्लेषण, नीति निर्माणमा संलग्नता, र वित्तीय सुधारका लागि प्रेसको भूमिकालाई अझ सशक्त बनाउनु आवश्यक रहेको विज्ञहरू बताउँछन्।


