काठमाडौं । आर्थिक मिडियाको छाता संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) को नयाँ कार्यसमिति चयन भएको छ। शुक्रबार काठमाडौंमा सम्पन्न तेस्रो साधारणसभाले रोयल आचार्यको अध्यक्षतामा दोस्रो कार्यकालका लागि वर्तमान नेतृत्वलाई नै निरन्तरता दिएको छ।
नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष डिल्ली सापकोटा, महासचिव रामेश्वर कार्की, उपमहासचिव टंकबहादुर कार्की, सचिव प्रकाश अर्याल र कोषाध्यक्ष अमिर लामा पुनः चयन भएका छन्। यस्तै, सदस्यहरू अप्सरा गौतम, उत्सव ढकाल, डिआर आचार्य र मनोज थापा पनि दोहोरिएका छन्। नयाँ कार्यसमितिमा गीता भुसाल सर्वसम्मत रूपमा सदस्य पदमा निर्वाचित भएकी छिन्।
इमानले आर्थिक पत्रकारिताको प्रवर्द्धन, नीति निर्माणमा संलग्नता र पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ।


