काठमाडौं : नेपाल धितोपत्र बोर्डले इन्भेष्टमेन्ट कम्पनीहरुलाई सूचीकृत हुन निर्देशन दिएको छ । बोर्डले फागुन २३ गते एक सूचना जारी गर्दै इन्भेष्टमेन्ट कम्पनीहरुलाई सूचीकृत हुन निर्देशन दिएको हो । सम्पति सुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ७ को उपदफा २ अनुसार समन्वयन समितिको सिफारिसमा ५ करोड रुपैयाँभन्दा धेरै चुक्ता पुँजी भएका र १० करोड रुपैयाँ वा सोभन्दा बढी कारोबार गर्ने इन्भेष्टमेन्ट कम्पनीलाई धितोपत्र बोर्डमा सूचीकृत हुन निर्देशन दिइएको हो । बोर्ड विभिन्न विवरण तथा कागजातसहित सूचीकृत हुन निर्देशन दिएको छ ।


