ष्ट्रिय सभाको शुन्य समयमा राष्ट्रिय सभा सदस्यहरुले समसामयिक विषयमा आफ्ना धारणा राखेका छन् ।
बिहीवार बसेको राष्ट्रिय सभा बैठकमा सदस्यहरुले आफ्ना धारणा राखेका हुन् । राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले रुकुम (पश्चिम) मा रहेको दुई वटा विमानस्थल बन्द रहेकाले यथाशिघ्र सञ्चालनका लागि सरकारसँग माग गरे ।
उनले भने, ‘रुकुम पश्चिममा दुई वटा विमानस्थल छ, एउटा सदरमुकाम रहेको सल्य विमानस्थल र अर्को पश्चिममा रहेको चौरजारी विमानस्थल । आज दुवै विमानस्थल उडान भएको छैन । सदरमुकामको विमानस्थल २०८१ पुस २ गतेदेखि सञ्चालन भएको छैन । यथाशिघ्र सञ्चालनका गर्नका लागि नेपाल सरकारका सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।’
राष्ट्रिय सभा सदस्य पदमबहादुर परियारले अमेरिकी अन्तर्राष्ट्रिय सहायता सम्बन्धी युएसएड र एमसीसी बन्दा हुँदा अर्थतन्त्रमा वार्षिक २० अर्ब प्रभाव परेको बताए । उनले यसबाट पर्ने असरको व्यवस्थापनका लागि सरकारले कसरी काम गर्दैछ भन्ने बारे सदनमा जानकारी गराउन सरकारको ध्यानकर्षण गराए।
उनले भने, ‘अमेरिकी अन्तर्राष्ट्रिय सहायता सम्बन्धी युएसएड र एमसीसी बन्द भएको छ । नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसस्थामार्फत नेपालमा प्रदान गरिदै आएका सहायताहरुले नेपालका अपाङ्गता भएका व्यक्तिहरुलाई प्रदान गरिने कृत्रिम हातखुट्टाहरु, बालबालिका तथा विद्यार्थीलाई दिएको शिक्षा लगायतका विभिन्न क्षेत्रहरुमा कस्तो प्रभाव परेको छ । ६ हजार भन्दा बढी रोजगारी गुमेको छ । वार्षिक २० अर्ब अर्थतन्त्रमा प्रभाव परेको छ यो सन्दर्भमा के प्रभाव पारेको छ भनेर सरकारले अध्ययन गरोस् र सदनमा जानकारी बनायोस् ।’
राष्ट्रिय सभा सदस्य पूजा चौधरी सिरहामा रिङ्कु सदाको बलात्कारपछि भएको हत्यामा संलग्न हत्यारालाई समात्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराए।


