केदारनाथमा केबलकार बन्ने, प्रोजेक्ट स्वीकृत, ९ घण्टाको यात्रा ३६ मिनेटमै हुने


केदारनाथमा केबलकार बन्ने, प्रोजेक्ट स्वीकृत, ९ घण्टाको यात्रा ३६ मिनेटमै हुने

काठमाडौं । बुधवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा सञ्चालित संघीय मन्त्रिपरिषद्ले भारतको ठूलो धार्मिकस्थल केदारनाथमा रोपवे प्रोजेक्ट स्वीकृत गरेको छ। 

१२.९ किलोमिटर लामो केदारनाथ रोपवे प्रोजेक्टको लागत लगभग ४ हजार ८१ करोड भारतीय रुपैयाँ (६४ अर्ब नेपाली रुपैयाँ) रहेको छ भने हेमकुण्ड साहिब रोपवे प्रोजेक्टको लागत २ हजार ७३० करोड भारतीय रुपैयाँ लाग्ने संघीयमन्त्री अश्विनी वैष्णवले जनाएका छन् ।

केदारनाथ रोपवेले सोनप्रयागलाई केदारनाथसँग जोड्दै तीर्थयात्रीहरूको यात्राको समय घटाउनेछ, साथै क्षेत्रमा रोजगारीको अवसर सृजना गरी पर्यटन उद्योगलाई पनि बढावा दिनेछ।

Read More