मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने र विज्ञ सल्लाहकारमा अग्नि खरेललाई नियुक्ति गर्ने निर्णय गरेको छ ।
बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई तीन दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हाे । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कार्यसम्पादन मूल्यांकनमा सुन्य नम्बर दिएर घिसिङलाई पदबाट हटाउने चलखेल गरेपछि मन्त्रिपरिषद् बैठकले उनलाई तीन दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हाे ।


