संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै, राष्ट्रिय सभामा ५ अध्यादेश निर्णयार्थ प्रस्तुत हुँदै


संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै, राष्ट्रिय सभामा ५ अध्यादेश निर्णयार्थ प्रस्तुत हुँदै

काठमाडौं : संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । जसमा प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।  

यस्तै, राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ ।  बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको मन्त्री प्रदीप पौडेलले जवाफ दिने कार्यसूची छ । बैठकमा ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । 

Read More