गभर्नर अधिकारीलाई पुनः नियुक्तिको आशमा, तर परेको छ कांग्रेसको भागमा


गभर्नर अधिकारीलाई पुनः नियुक्तिको आशमा, तर परेको छ कांग्रेसको भागमा

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आगामी चैत २४ गते समाप्त हुँदै छ। सरकारले २०७६ चैत २४ गते अधिकारीलाई पाँच वर्षका लागि गभर्नर नियुक्त गरेको थियो। 

त्यसबेला पनि प्रधानमन्त्री केपी ओली र अर्थमन्त्रीसमेत एमालेकै थिए । अधिकारीको कार्यकाल सकिने बेलामा पनि संयोगले ओली नै प्रधानमन्त्री छन् । अर्थमन्त्री विष्णु पौडेल एमालेकै उपाध्यक्ष हुन् । अधिकारी स्वयं पनि एमालेका होल टाइमर कार्यकर्ता हुन् ।

गभर्नरको कार्यकाल सकिनु एक महिना अगाडि नयाँ गभर्नर नियुक्त गर्नुपर्ने व्यवस्था राष्ट्र बैंक ऐनमा भए पनि सरकारले हालसम्म सिफारिस समिति बनाएको छैन। सिफारिस समिति बनाएर गभर्नर नियुक्ति प्रक्रिया अगाडि नबढाएकाले गभर्नर अधिकारी पूर्ण बिदामा बस्ने मनस्थितिमा छैनन्। 

Read More