एसियाली विकास बैंक (एडिबी) ले नेपालका लागि चार वर्षे (सन् २०२५–२०२९) रणनीति कार्यायोजन प्रस्तुत गरेको छ । अमेरिकी चेम्बर अफ कमर्श (एमच्याम) नेपालले काठमाडौँमा आयोजना गरेको १५औँ सदस्य प्रशिक्षण कार्यक्रममा एडिबीका देशीय अपरेसन प्रमुख अर्नोड हेकम्यानले समावेशी, हरित र रोजगारमूलक आर्थिक वृद्धिसम्बन्धी तीन वटा रणनीतिक कार्ययोजना प्रस्तुत गरेको एमच्यामले जनाएको छ ।
उक्त रणनीतिक कार्ययोजनामा निजी क्षेत्रको नेतृत्वमा रोजगारीमुलक हरित आर्थिक रुपान्तरण प्रवद्र्धन, समावेशी र गुणस्तरीय मानव पुँजी विकास तथा सार्वजनिक सेवाको प्रवद्र्धन र वातावरणी दिगोपन तथा जलवायु सशनशीलता अभिवृद्धि रहेको एमच्याम नेपालका महाप्रबन्धक अमिर आर थापाले जनाकारी दिए ।

