अर्घाखाँचीमा नक्कली भारतीय नोटसहित एकजना पक्राउ


अर्घाखाँचीमा नक्कली भारतीय नोटसहित एकजना पक्राउ

अर्घाखाँची : गोरुसिंगे सन्धिखर्क सडक अन्तर्गत अर्घाखाँचीको शितगंगा १२ मा भारतीय नक्कली नोटसहित एकजना पक्राउ परेका छन् ।

शितगंगा नगरपालिका वडा नम्बर  १२ को  ठूलो ढोडेनी पहिरो नजिकै जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले खानतलासी गर्दा २ हजारका नक्कली ९ वटा नोटसहित एकजनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका ४ घर भइ हाल अर्घाखाँचीको शितगंगा नगरपालिका १ बस्दै आएका १९ वर्षीय दिपक राना भन्ने थानबहादुर बस्नेत क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी चक्रबहादुर मल्लले बताए ।

Read More