काठमाडौं । प्रतिनिधिसभाको आज (बुधबार) बस्ने बैठकमा सरकारले ल्याएको अध्यादेश निर्णयार्थ पेस हुँदै छ । भूमिसम्बन्धी बाहेकका पाँच अध्यादेश निर्णयार्थ पेस हुन लागेका हुन् । यसअघि पनि संसद्मा अध्यादेश टेबुल हुने कार्यसूची भए पनि अन्तिम समयमा हटाइएको थियो ।
अन्य पाँच अध्यादेश आज निर्णयार्थ पेस हुँदै
सरकारमै सहभागी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गरेपछि सत्तारूढ दल अन्य पाँच अध्यादेश मात्रै संसद्मा निर्णयार्थ पेस गर्न सहमत भएका हुन् ।
यी अध्यादेशलाई संसद्मा दोस्रोपटक कार्यसूचीमा राखिएको हो । आज (बुधबार) नै अध्यादेश पारित गर्ने भन्दै सत्ता साझेदार प्रमुख दुई दल कांग्रेस र एमालेले आफ्ना सांसदलाई अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेका छन् ।


