चीन र अमेरिकाबीच सुरु भयो व्यापार यद्ध, चीनले पनि अमेरिकी वस्तुहरुमा थप १५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने


चीन र अमेरिकाबीच सुरु भयो व्यापार यद्ध, चीनले पनि अमेरिकी वस्तुहरुमा थप १५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने

काठमाडौं : चीनको अर्थ मन्त्रालयले मार्च १० देखि केही अमेरिकी वस्तुहरुको आयातहरुमा १० देखि १५ प्रतिशत अतिरिक्त कर लगाउने घोषणा गरेको छ । यो कर कुखुरा, गहुँ, मकै र कपासलगायत प्रमुख अमेरिकी निर्यातहरुमा लागू हुनेछ । उक्त निर्णयले विश्वका २ ठूला अर्थतन्त्रहरु बीच चलिरहेको व्यापार विवाद थप चर्किने संकेत गर्दछ ।

ट्रम्प प्रशाशनले मंगलबारदेखि लागू हुने गरी चिनियाँ सामानहरुमा विद्यमान शुल्कहरु बाहेक थप १० प्रतिशत भन्सार शुल्क बढाएको छ । जसको बदलामा बेइजिङले पनि अमेरिकी वस्तुहरुमा भन्सार शुल्क बढाउने निर्णय गरेको हो । चीनले मार्च १० देखि अमेरिकी कुखुरा, गहुँ, मकै र कपासमा थप १५ प्रतिशत र अमेरिकी भटमास, सुँगुर तथा गाईको मासु, जलीय उत्पादन, फलफूल तथा तरकारी र दुग्धजन्य पदार्थ आयातमा थप १० प्रतिशत कर लगाउने घोषणा गरेको हो ।

Read More