१९ फागुन, विराटनगर । शिवकुमार विश्वकर्मा (लामिछाने) सहितको समूहले बराह बचत तथा ऋण सहकारीको १० अर्ब ७३ करोड रुपैयाँ हिनामिना गरेको दाबीसहित जिल्ला अदालत सुनसरीमा मुद्दा दायर भएको छ ।
१० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९ सय १३ रुपैयाँ अपचलन गरेको दाबीसहित २ सय ६२ जनाविरुद्ध मुद्दा दायर भएको हो । मुद्दामा प्रतिवादी बनाइएका ३५ जना बाहेक अन्य ऋणी हुन् ।
प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोगमा सर्वसाधारणको बचत तथा सेयर जम्मा गरेको रकम व्यक्तिगत सम्पत्ति खरिद र बराह ग्रुप अफ कम्पनी अन्तर्गतका १४ कम्पनीमा लगानी गरेको उल्लेख छ ।


