एमसीसी कार्यान्वयनअघि नै खर्च भएको थियो ५ अर्ब ७६ करोड


एमसीसी कार्यान्वयनअघि नै खर्च भएको थियो ५ अर्ब ७६ करोड

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशसँगै मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को नेपाल परियोजना अन्योलमा परेको छ । एमसीसी शीर्षकमा अहिलेसम्म १० अर्ब खर्च भइसकेको छ, अहिले भने भुक्तानी ठप्प भएको छ ।

एमसीसी परियोजना सञ्चालन गर्ने मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) ले अहिलेसम्म सात करोड १७ लाख डलर खर्च भएकामा नेपालका तर्फबाट दुई करोड ४९ लाख डलर र एमसीसीका तर्फबाट चार करोड ६७ लाख डलर योगदान छ । उल्लिखित खर्च गत मध्य पुस (डिसेम्बर २०२४) सम्मको हो ।

Read More