माथिल्लो राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा


माथिल्लो राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा

म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८.५ मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ।

तुँदी पावर प्रवर्द्धक रहेको आयोजनाले बाँध, विद्युतगृह, सुरुङ, प्रसारण लाइन निर्माणलाई पूर्णता दिनुका साथै विद्युतगृहमा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको हो। सन् २०२५ को जुलाईभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित धमाधम काम भइरहेको आयोजनाका आवासीय इन्जिनियर नरोत्तम कार्कीले जानकारी दिएका छन्।

‘हालसम्म सिभिलतर्फ ९५, हाइड्रोमेकानिकल ८० र इलेक्ट्रोमेकानिकलको ७० प्रतिशत प्रगति भएको छ’, उनले भने, ‘विद्युतगृहमा ‘कन्ट्रोल रुम’ र पानी नदीमा मिसाउने (टेलरेस) बाहेक भौतिक संरचनाको निर्माण सकिएको छ।’

तुदीँ पावरका हाइड्रो मेकानिकल इन्जिनियर घनश्याम भट्टराईले विद्युतगृहभित्र टर्वाइन, जेनेरेटरका उपकरण जडानको काम तीव्रताका साथ भइरहेको बताए।

Read More