बजारमा महँगो भएपछि उपभोक्तालाई खाद्य कम्पनीले दियो चिनीमा अनुदान


बजारमा महँगो भएपछि उपभोक्तालाई खाद्य कम्पनीले दियो चिनीमा अनुदान

जुम्ला — जिल्ला सदरमुकाम खलंगामा महँगीबाट उपभोक्तालाई राहत दिलाउन खाद्य, व्यवस्था तथा कम्पनी लिमिटेड जुम्ला शाखाले चिनीमा अनुदान दिन थालेको छ ।

बजारमा पाइने मूल्यभन्दा प्रतिकिलोमा १० रुपैयाँ कममा कम्पनीले चिनि बिक्री गर्न थालेको हो । अहिले चिनीको बजार मूल्य ११० रुपैयाँ प्रतिकिलो छ । एक किलोमै १० रुपैयाँ सस्तो पाएपछि उपभोक्ताहरु चिनी लिनका लागि कम्पनीमा भीड लाग्न थालेको कम्पनीका प्रमुख मनोज जोशीले बताए ।

Read More