फेब्रुअरीमा ९६ हजार ८८० पर्यटक नेपाल घुम्न आए, कुन देशबाट कति ?


फेब्रुअरीमा ९६ हजार ८८० पर्यटक नेपाल घुम्न आए, कुन देशबाट कति ?

काठमाडौं : नेपालमा सन् २०२५ को दोस्रो महिना (फेब्रुअरी) मा ९६ हजार ८८० पर्यटक भित्रिएका छन् । यो गत वर्षको यही अवधिको भन्दा ०.५६ प्रतिशतले थोरै हो । यसअघि सन् २०२४ को फेब्रुअरीमा ९७ हजार २२६ जना पर्यटक भित्रिएका थिए । 

अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्यांक अनुसार फेब्रुअरीमा सबैभन्दा बढी भारतबाट १९ हजार १८७ पर्यटक नेपाल आएका छन् । त्यस्तै, अमेरिकाबाट १० हजार ३४८, चीनबाट ८ हजार २३२,  थाइल्यान्डबाट ५ हजार ६०९ र बेलायतबाट ५ हजार ५७ जना पर्यटक नेपाल आएका छन् । 

Read More