निक्षेप संकलनको मापदण्ड संशोधन, निष्क्रिय कर्जा बढी भएका चार बैंक लाभान्वित


निक्षेप संकलनको मापदण्ड संशोधन,  निष्क्रिय कर्जा बढी भएका चार बैंक लाभान्वित

काठमाडौँ । अत्यधिक निष्क्रिय कर्जाका कारण सहभागिता जनाउन नपाउने भएपछि निक्षेप संकलनको प्रावधानमा नेपाल राष्ट्र बैंक लचक देखिएको छ । सोमबार राष्ट्र बैंकले खुलाएको ४ अर्ब ७९ लाख रुपैयाँ बराबरको निक्षेप बोलकबोलमा सहभागी हुन पाउनेको न्यूनतम मापदण्ड परिमार्जन गरिएको हो । 

यसअघि राष्ट्र बैंकको निक्षेप बोलकबोलमा सहभागी हुन पाउने बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा बढीमा ५ प्रतिशत हुनुपर्ने व्यवस्था थियो । अहिले यसलाई परिमार्जन गरेर ८ प्रतिशत पुर्‍याइएको छ । यो व्यवस्थाबाट चार बैंक लाभान्वित हुने भएका छन् । 

 

Read More