चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुबाट साढे ८ अर्ब भन्दा बढीको पोलिसी सरेण्डर भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुमा माघ मसान्तसम्ममा ८ अर्ब ५९ करोड २ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको हो । यो अवधिमा जीवन बीमा कम्पनीहरुबाट ६२ लाख २३ वटा पोलिसी मार्फ त उक्त रकम बराबरको पोलिसी सरेण्डर भएको छ ।
चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा एलआईसी नेपालको सर्वाधिक बीमा पोलिसी सरेण्डर भएको छ । कम्पनीको १५ हजार ३६५ वटा बीमा पोलिसी वापत दुई अर्ब ५९ करोड रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ ।


