अमेरिकापछि बेलायतले पनि सहायता घटाउने, स्रोत खोज्न अर्थलाई दबाब


अमेरिकापछि बेलायतले पनि सहायता घटाउने, स्रोत खोज्न अर्थलाई दबाब

अमेरिकाले अमेरिका अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी) अन्तर्गतका कार्यक्रमहरूमध्ये बजेटरी कार्यक्रमलाई स्थगित र गैर बजेटरी कार्यक्रमलाई क्रमशः रद्द गर्दै गएको छ।

युएसएआइडी अन्तर्गत ९१ अर्ब रूपैयाँ लागत बराबरका कार्यक्रमहरू रहेका थिए।

केही कार्यक्रम रद्द नै गरिएको छ भने केही कार्यक्रम ९० दिनको लागि स्थगित गरिएको छ।

जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम गरी तीन वटा कार्यक्रम डिजाइनको क्रममा रहेका थिए। अहिले यी कार्यक्रम पनि स्थगित भएका छन्।

Read More