सिमेन्टको मूल्यवृद्धि विरुद्ध आन्दोलन चर्किँदै, वीरगञ्जमा सांसद अन्सारीको नेतृत्वमा विरोध प्रदर्शन


सिमेन्टको मूल्यवृद्धि विरुद्ध आन्दोलन चर्किँदै, वीरगञ्जमा सांसद अन्सारीको नेतृत्वमा विरोध प्रदर्शन

सिमेन्टको मूल्यवृद्धिविरुद्ध वीरगञ्जमा मधेश प्रदेशसभा सांसद रहबर अन्सारीको संयोजकत्वमा विशाल विरोध प्रदर्शन भएको छ । स्थानीयवासीको ठुलो सहभागिता रहेको उक्त आन्दोलनमा सरकार र सिमेन्ट उद्योगीहरूको मिलेमतोमा मूल्य वृद्धि गरिएको आरोप लगाइएको छ ।

प्रदर्शनका क्रममा सांसद अन्सारीले यो आन्दोलन केवल प्रदर्शन मात्र नभई जनताको जागरण भएको बताएका छन् । सिमेन्ट माफियाहरूले जनताको पसिनामाथि खेलवाड गर्न छाड्नुपर्ने चेतावनी दिँदै उनले यदि मूल्य फिर्ता नगरे यो आन्दोलन केन्द्रसम्म फैलिने दाबी गरेका छन् ।

Read More