काठमाडौँ, फागुन १६ गते । पछिल्लो पाँच वर्षको अवधिमा मुलुकमा लगानीका लागि सवा दुई खर्ब रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) आउँदा ७३ अर्ब रुपियाँ लगानी भित्रिएको छ ।
उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि आव २०८०/८१ सम्म दु/ई खर्ब १६ अर्ब ६५ करोड आठ लाख रुपियाँ लगानी प्रतिबद्धता आउँदा ७३ अर्ब २४ करोड लगानी भित्रिएको हो ।
नेपालमा लगानी गर्ने भनेर लगानी प्रतिबद्धता धेरै आए पनि भित्रिने रकम न्यून रहेको तथ्याङ्कले देखाएको छ । चालु आव २०८१/८२ को छ महिनामा २५ अर्ब ७७ करोड लगानी प्रतिबद्धता आउँदा छ अर्ब ५० करोड लगानी भित्रिएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ ।


