नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेड(NMIC)काे आईपीओ भर्ने १७ लाख १६ हजार ४७७ भन्दा धेरैकाे हात खाली हुने भएकाे छ । अन्तिम दिनसम्म कम्पनीकाे आईपीओमा १३.२७ गुणा बढी आवेदन परेकाे छ ।
नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले फागुन ११ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ)मा आवेदन दिने आज (फागुन १५ गते) अन्तिम दिन रहेको थियाे।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बिहीबार बेलुकी ५ बजेर ७ मिनेटसम्ममा इन्स्योरेन्सको आईपीओमा १९ लाख ९७७ जनाकाे आवेदन परेकाे छ । यस कम्पनीमा आवेदकले २ करोड ४४ लाख ८३ हजार २२० कित्ता बराबर २ अर्ब ४४ करोड ८३ लाख २२ हजार रुपैयाँ बराबरको आईपीओ माग गरेका हुन् ।


