कस्तुरी सहकारीको ऋण लगानी ५२ करोड : अध्यक्षको परिवारमा मात्रै ४८ करोड


कस्तुरी सहकारीको ऋण लगानी ५२ करोड : अध्यक्षको परिवारमा मात्रै ४८ करोड

पोखरा — म्याग्दीको बेनीमा रहेको कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम नक्कली कागजातका आधारमा अध्यक्षका परिवारले लगेको पाइएको छ । कस्तुरी सहकारीका अध्यक्ष राजेश शाक्यले धितो नराखी सहकारीमा जम्मा भएको रकमको ९१ प्रतिशत रकम ऋण लिएका हुन् । ऋण लिँदा जग्गा लगेको ऋण खाम्ने धितो समेत राखिएको छैन ।

सहकारीका अध्यक्ष शाक्यको श्रीमती,दाजु ,दुई जना दिदी,भतिजका नाममा ४७ करोड ९९ लाख २९ हजार १ सय ३८ रुपैयाँ ऋण लगिएको छ । यो सहकारीमा जम्मा भएका बचतकर्ताहरूको रकमको ९१ प्रतिशत हो । सहकारीले कूल ५२ करोड ३२ लाख ८२ हजार ऋण लगानी गरेको छ । कूल लगानी गरिएको ५२ करोडमध्ये शाक्यको एउटै परिवारका सदस्यहरूले करिब ४८ करोड ऋण लगेर नतिरेपछि करिब ११ सय बचतकर्ताहरूको बिचल्ली भएको छ ।

Read More