कस्तो बन्ला सम्पत्ति व्यवस्थापन कम्पनी ?


कस्तो बन्ला सम्पत्ति व्यवस्थापन कम्पनी ?

१५ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूको गैरबैंकिङ सम्पत्ति व्यवस्थापनका लागि ‘सम्पत्ति व्यवस्थापन कम्पनी (एएमसी) खडा गर्न कानुनको मस्यौदा तयारी थालेको छ ।

कानून निर्माण भए नेपालमा लामो समयदेखि चर्चामा रहेको सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाले सार्थकता पाउने छ । तर, यस्तो कम्पनीकै भविष्यमाथि भने प्रश्न छ ।

बैंक तथा वित्तीय संस्थाहरूले ऋणीबाट साँवा, ब्याज असुल उपर गर्न नसके राखिएको धितो लिलामी गरेर असुल गर्न पाउने व्यवस्था छ । धितो राखिएको सम्पत्ति अधिकांश घरजग्गा छ । राष्ट्र बैंकको तथ्यांक अनुसार कुल कर्जामा ६४.९ प्रतिशत कर्जा घरजग्गा धितोमा गएको छ ।

Read More