उत्तर कोरियाले एक अर्ब ५० करोड डलरको क्रिप्टोकरेन्सी चोरी गरेको एफबिआईको आरोप


उत्तर कोरियाले एक अर्ब ५० करोड डलरको क्रिप्टोकरेन्सी चोरी गरेको एफबिआईको आरोप

अमेरिकी फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआई) ले उत्तर कोरियामाथि गत हप्ता एक अर्ब ५० करोड डलरको डिजिटल सम्पत्ति चोरी गरेको आरोप लगाएको छ । यो इतिहासमा सबैभन्दा ठूलो क्रिप्टो चोरी हो ।

“उत्तर कोरिया क्रिप्टोकरेन्सी एक्सचेन्ज, बाइबिटबाट लगभग एब अर्ब ५० करोड अमेरिकी डलर मूल्य बराबरको भर्चुअल सम्पत्ति चोरीको लागि जिम्मेवार थियो”, एफबिआईले एक सार्वजनिक सेवा घोषणामा भनेको छ ।

ब्युरोले लाजारस ग्रुप पनि भनिने ट्रेडरट्रेटर एक समूह चोरीको पछाडि रहेको बताएको छ ।

Read More