कृषि र ऊर्जा क्षेत्रको कर्जा खरिदबिक्रीमा वित्तीय संस्थाको लेनदेन अनिवार्य


कृषि र ऊर्जा क्षेत्रको कर्जा खरिदबिक्रीमा वित्तीय संस्थाको लेनदेन अनिवार्य

१३ फागुन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले कृषि तथा ऊर्जा क्षेत्रमा प्रवाहित कर्जा खरिद बिक्री गर्दा सो कर्जा बराबरको रकम अनिवार्य रुपमा लेनदेन गरी खरिदकर्ता बैंक तथा वित्तीय संस्थाको हिसाव विवरणमा जनाउनुपर्ने भएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै सो व्यवस्था गरेको हो । त्यस्तै उक्त खरिद गरिएको कर्जा खरिद गर्ने बैंक तथा वित्तीय संस्थाले मात्रै तोकिएको क्षेत्रमा कर्जाको रुपमा गणना गर्न पाउने छ ।

Read More