ऊर्जामन्त्री दिपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई २४ घण्टे स्पष्टिकरण पेश गर्न निर्देशन दिएका छन्। मन्त्री खड्काको सचिवालयले घिसिङलाई ‘तपाईंलाई किन नहटाउने’ भन्दै जवाफ पेश गर्न भनेको जनाएको छ।
यसअघि, सरकारको निर्देशन नमानेको आरोपमा ऊर्जा मन्त्रालयले घिसिङलाई पदबाट हटाउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो। सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय नगरेपछि मंगलबार ऊर्जा मन्त्रालयले उनको जवाफ माग गर्दै २४ घण्टे स्पष्टिकरण सोधेको हो।

