काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा ओझाले शपथ लिएका हुन्।
शपथ समारोहमा अर्थमन्त्री पौडेलसँगै अर्थसचिव धनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतका अधिकारीहरू उपस्थित थिए। उनीहरूले ओझालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।
ओझाको नियुक्ति सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो।


