काठमाडौँ, फागुन १३ गते । बजारमा डिजेल खपत झन्डै सात प्रतिशतले घटेको छ । डिजलको खपतमा ६.६९ प्रतिशतले कमी आएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल र ग्यासको खपत बढे पनि डिजलको खपत भने घटेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को माघ १५ सम्म पेट्रोल ९.४९ प्रतिशतले र खाना पकाउने एलपी ग्यास खपत छ प्रतिशतले बढेको निगमको तथ्याङ्कले देखाएको छ । माघ १५ सम्म छ लाख ९३ हजार ४६२ किलोलिटर डिजेल आयात भएको छ ।


