इस्लामावाद (पाकिस्तान) । पाकिस्तान र बंगलादेशबीच सिधा व्यापार शुरु भएको छ ।
पाकिस्तानबाट बंगलादेश स्वतन्त्र भएको ५३ वर्षपछि यी दुई देशबीच पहिलो पटक सिधा व्यापार भएको हो । बंगलादेश सन् १९७१ डिसेम्बर १६ मा पाकिस्तानबाट स्वतन्त्र भएको थियो ।
पाकिस्तानको मिडिया आउटलेट एक्सप्रेस न्यूजको रिपोर्टअनुसार, पाकिस्तानको कासिम बन्दरगाहबाट पहिलो पटक बंगलादेशतर्फ सामान पठाइएको छ । जसमा २५ हजार टन चामल छ ।


