ताप्लेजुङ — सदरमुकाम फुङलिङमा शनिवार बेलुका ‘नो केबलकार समूह’ र सुरक्षाकर्मीबीच भएको झडपमा दुवैतर्फका गरी दुई दर्जन भन्दा बढी घाइते भएका छन् । घाइतेमध्येका ४ जनालाई थप उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पतालले रेफर गरेको छ ।
उनीहरूलाई धरानको घोपा लगिएको आन्दोलनरत समूहका अगुवा किर्तिमान मादेनले जानकारी दिए ।
प्रहरी नायव उपरिक्षक (डीएसपी) रवि रावलका अनुसार सुरक्षाकर्मीतर्फ १२ जना घाइते छन् । उनीहरू मध्येका एक जनालाई जिल्ला बाहिर पठाइएको छ भने अरुको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । आन्दोलनत समूह तर्फपनि त्यतिनै सङ्ख्यामा रहेको प्रारम्भिक जानकारी रहेको रावलले बताए ।

