काठमाडौं । शुक्रवार फ्रान्समा सम्पन्न अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स एफएटीएफको बैठकले नेपाललाई ‘ग्रे लिस्ट’मा राखेको छ ।
यो सूचीमा पर्ने मुलुकहरूलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादमा वित्तीय लगानी रोकथामका उपायहरू पर्याप्त रूपमा लागू नगरेको मानिन्छ । शंकास्पद सम्पत्तिबारे खोजबिन गरी कारबाही चलाउन राजनीतिक र प्रशासनिक नेतृत्वले देखाएको अरुचीका कारण नेपाल सम्पत्ति शुद्धीकरण हुने जोखिमयुक्त मुलुकमा दोस्रोपटक परेको हो ।


