काठमाडौं : सर्वोच्चको फैसलाले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुले श्रम ऐनको अधिकार नपाउने स्पष्ट पारेको छ । बैंक तथा वित्तीय संस्थालाई श्रम ऐन नलाग्ने क्षेत्रको रुपमा व्याख्या गरिएपछि कर्मचारीहरुले ट्रेड युनियन गठन गर्ने अधिकार समेत गुमाएका छन् ।
श्रम ऐन अन्तर्गत ट्रेड युनियन दर्ता हुनुपर्ने भएकाले अब बैंक क्षेत्रमा युनियन स्थापित हुन नसक्ने सर्वोच्चको फैसलामा उल्लेख छ । गत शुक्रबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरु तिलप्रसाद श्रेष्ठ, विनोद शर्मा, शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको बृहत् पूर्ण इजलासले बैंक तथा वित्तीय संस्थामा श्रम ऐन लागू नहुने ठहर गर्दै यस्तो निर्णय सुनाएको हो । न्यायाधीश टेकप्रसाद ढुंगानाले भने फरक मत राखेका छन् ।


