सहकारी ठगीका उजुरी बढे, साढे दुई वर्षमा २४२ मुद्दा दर्ता


सहकारी ठगीका उजुरी बढे, साढे दुई वर्षमा २४२ मुद्दा दर्ता

काठमाडौँ — सहकारी संस्थाका सञ्चालक र उच्च पदाधिकारीले रकम अपचलन गर्ने क्रम बढेसँगै हरेक वर्ष सहकारी ठगीका मुद्दा बढ्दै गएका छन् । गृह मन्त्रालयको तंथ्याकअनुसार आर्थिक वर्ष २०७९/८० मा सहकारी ठगीका ९३ वटा मुद्दा दर्ता भएकामा आर्थिक वर्ष २०८०/८१ मा यो संख्या बढेर १ सय १ पुगेको छ ।

सोही क्रममा चालु आर्थिक वर्षको माघ २४ सम्म (साउनदेखि माघ २४) सहकारी ठगीका ४८ वटा मुद्दा दर्ता भएका छन् । ती मुद्दाउपर ५ अर्ब ११ करोड रुपैयाँ बिगो दाबी गरिएको छ । सहकारी ठगीअन्तर्गत ती मद्दामा ४३ जनालाई पक्राउ गरिएको र ३ सय ५० जना फरार रहेको मन्त्रालयले जनाएको छ ।

Read More