नेपाल धितोपत्र बोर्डले आफ्नो लगानीयोग्य रकमलाई मुद्दती खातामा लगानी गर्नको लागि बैंक खोजेको छ । बोर्डले लगानी गर्नका लागि “क” वर्गका बैंकहरूलाई आमन्त्रण गरेको हो।
बोर्डले इच्छुक बैंकहरूलाई एकवर्षे ब्याजदरसहित शिलबन्दी प्रस्ताव पेस गर्न आह्वान गरेको हो।

