नेपाल एयरलाइन्सको टिकटबाट अमेरिकी तथा पश्चिमा मुलुक र कोरिया जान पाइने


नेपाल एयरलाइन्सको टिकटबाट अमेरिकी तथा पश्चिमा मुलुक र कोरिया जान पाइने

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को टिकटबाट अमेरिकी तथा पश्चिमा मुलुक र कोरियाको हवाई यात्रा गर्न पाइने भएको छ । 

नेपाल एयरलाइन्सले सिधा उडान नभएका गन्तव्यका लागि जापानको राष्ट्रिय ध्वजावाहक जापान एयरलाइन्सबीच द्विपक्षीय सम्झौता गरेपछि यस्तो सुविधा पाइने भएको हो । 

यसरी यात्रा गर्न चाहने यात्रुले नेपाल एयरलाइन्सको सिधा उडानमार्फत् जापानको नारिता अन्तरराष्ट्रिय विमानस्थलसम्म जानुपर्नेछ । त्यसपछि जापान एयरलाइन्सको ‘कनेक्टिङ फ्लाइट’मार्फत अमेरिकी तथा पश्चिमा मुलुक र कोरियाको यात्रा गर्न पाइने देशमा जान पाइने वायुसेवा निगमले बुधवार (आज) जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

Read More